अल्पकालिन उद्देश्य :

१. उच्च गुणस्तरीय फूल तथा आलंकारिक विरुवाहरु उत्पादन गरी सरकारी दररेटमा सेवाग्राहीलाई उपलब्ध गराउने ।

२. उच्च गुणस्तरीय फलफूल कम तिथा विजु विरुवाहरु उत्पादन गर कृषकहरुलाई उपलब्ध गराउने ।

३. व्यवसायिक फूल खेती गर्ने कृषकहरुलाई प्राविधिक सेवा उपलब्ध गराउने ।

४. नीजी स्तरमा फूल तथा फलफूल नर्सरी तथा व्यवसायिक फलफूल बगैँचा स्थापना गर्न प्राविधिक सहयोग पुर्‍याउने ।

५. पुष्प विकास सम्बन्धी नयाँ प्रविधिहरु कृषक/कृषक समूहमा हस्तान्तरण गर्ने ।

६. आलंकारिक तथा फलफूल विरुवाहरुको जर्मप्लाज्म संकलन  संवर्धन गर्ने ।

 

दिर्घकालिन उद्देश्य:

१. फूल खेतीलाई व्यवसायिकरण गरी कृषकहरुको आयस्तर बढाउने ।

२. बढ्दै गएको शहरीकरणलाई सुन्दर बनाउन र्सवसाधारणमा जनचेतना अभिवृद्धि हुने खालको कार्यक्रमहरु सञ्चानल गर्ने ।

३. वागवानीमा आधारित साना, मझौला उद्योगहरु स्थापना गराउन सहयोग पुराएर रोजगारीका अवसरहरुमा वृद्धि गराउने ।

४. वागवानी विकासको माध्यमबाट हाम्रो जस्तो पहाडी मुलुकमा दिन प्रति दिन बढ्दै गईरहेको भू-क्षय तथा प्रदुषण आदिबाट बचाई वातावरण संरक्षणमा सहयोग पुर्‍याउने ।

५. युवा स्वरोजगार, लक्षित वर्ग विशेष कार्यक्रमहरु सञ्चालन गर्ने ।